क्रिकेटर लामिछानेविरुद्धको मुद्दा न्यायाधीश घिमिरेको इजलासमा
प्रमुख खबर
काठमाडौ– क्रिकेटर सन्दीप लामिछाने विरूद्धको नाबालिग बलात्कारको मुद्दामा आज सुनुवाइ हुँदैछ । यसअघि पटकपटक सुनुवाइ तोकिए पनि न्यायाधीश अभावलाई कारण देखाएर स्थगित हुँदै आएको मुद्धाको आज सुनुवाई हुन लागेको हो ।
सुनुवाइका लागि काठमाडौं जिल्ला अदालतमा न्यायाधीश केशवप्रसाद घिमिरेको इजलासमा पेशी तोकिएको छ । लामिछानेको सुनुवाई घिमिरेको इजलासमा पाचौं नम्बरमा छ ।
असोज महिनामा तीन पटक सन्दीपविरूद्धको मुद्दाको सुनुवाइ स्थगित भएको थियो । न्यायाधीश अभाव देखाएर असोज १, ७ र २५ गतेको सुनुवाइ स्थगित भएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
