जन्ममिति किर्तेमा मुछिएका सेनाका उपरथी पाण्डेको राजीनामा स्वीकृत

प्रमुख खबर

काठमाडौ– नेपाली सेनाका उपरथी ताराध्वज पाण्डेले पदबाट दिएको राजीनामा स्वीकृत भएको छ । नेपाली सेनाको मुख्यालयले पाण्डेको राजीनामा स्वीकृत गरेर यसबारेको जानकारी रक्षा मन्त्रालयलाई पठाएको हो ।
रथीमा बढुवा हुने प्रक्रियामा रहेका पाण्डेको जन्ममिति किर्ते गरिएको विषयलाइृ लिएर चौतर्फी प्रश्न उठेको थियो । त्यसैले जन्ममिति किर्ते विषयमा छानबिन सुरू भएपछि उनले बिहीबार साँझ राजीनामा बुझाएका थिए । नागरिकतामा उमेर सच्याएको उजुरी परेपछि सैनिक मुख्यालयभित्रै छानबिनसमेत सुरू भएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट