माइतीघरदेखि बानेश्वरसम्मको निषेधाज्ञाविरुद्धको रिट न्यायाधीश सुवेदीको एकल इजलासमा

प्रमुख खबर

काठमाडौं / काठमाडौंको माइतीघर मण्डलामा निषेधाज्ञा लगाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयविरुद्ध सर्वोच्चमा परेको रिट सुनुवाइका लागि न्यायाधीश नहकुल सुवेदीको एकल इजलासमा पेशी तोकिएको छ ।
माइतीघरदेखि नयाँबानेश्वरसम्म निषेधाज्ञा लगाउने जिल्ला प्रशासन कार्यालय काठमाडौंको निर्णयविरुद्ध सर्वोच्चमा अधिवक्ता प्रेमराज सिलवाल र भद्रप्रसाद नेपालले मंगलबार छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।
जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा संवेदनशीलताको कारण देखाउँदै ३० दिनसम्म माईतीघर–नयाँ बानेश्वरसम्म निषेधाज्ञा क्षेत्र घोषणा गरेको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट