`

धनकुटामा एकै परिवारका ३ जनाको शव फेला

Nepal One HD ७ मंसिर २०८० ११:२३
प्रशासन

विराटनगर । धनकुटा नगरपालिका वडा नम्बर १ निगालेमा एकै परिवारका तीन जना मृत फेला परेका छन् ।

टिकाराम गुरुङ, उनकी श्रीमती ३६ वर्षीया भीमा र १० वर्षीय छोरा आयुष आज बिहान घरभित्रै मृत फेला परेको जिल्ला प्रहरी कार्यलय धनकुटाले जनाएको छ ।

प्रहरीका अनुसार टिकाराम घर नजिकै झुण्डिएको अवस्थामा फेला परेका छन् भने श्रीमती भीमा र छोरा आयुष घरभित्र मृत भेटिएको हो ।

मृतकका ६ वर्षका छोरा आशिक भने सकुशल रहेका छन्


प्रतिक्रिया