`

बल्खुमा प्रसाइँ समूह र सुरक्षाकर्मीबीच झडप

Nepal One HD ७ मंसिर २०८० १४:२९
प्रमुख खबर

काठमाडौको बल्खुमा प्रदर्शन गरिरहेका दुर्गा प्रसाइँ समूहले प्रहरी घेरा तोडेर माइतीघर मण्डला आउने जमर्को गरेपछि बलखुमा सुरक्षाकर्मीसंग झडप भएको छ । चक्रपथमा प्रदर्शन गरिरहेकाहरु प्रहरी घेरा तोडेर कालीमाटीतर्फ जान खोजेपछि प्रहरीले बल प्रयोग गरेको हो ।

स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको छ । जनप्रदर्शनलाई दुर्गा प्रसाईंले सम्बोधन गरेपछि एक व्यक्तिले मञ्चबाटै निषेधित क्षेत्र तोडेर त्रिपुरेश्वरतर्फ जाने घोषणा गरे लगत्तै प्रदर्शनकारीको समूह बल्खुबाट कालिमाटी हुँदै त्रिपुरेश्वर आउने सडकतर्फ अघि बढेका थिए ।


प्रतिक्रिया