प्रहरीमाथि ढुंगामुढा गर्ने दुर्गा प्रसाईंको ५ जना समर्थक पक्राउ

प्रमुख खबर

काठमाडौं / गणतन्त्रविरोधी अभियान्ता दुर्गा प्रसाईँको नागरिक बचाऊ अभियानको समर्थक ५ जना पक्राउ परेका छन् ।
प्रहरीमाथि ढुंगामुढा गर्ने र अराजकता फैलाएको भन्दै उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
प्रहरीमाथि ढुंगामुढा गर्ने प्रदर्शनकारीहरूलाई पक्राउ गरेको र अन्यको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता र नागरिक बचाउ महाअभियानले हिजो बल्खुमा प्रदर्शन गरेको थियो , गणतन्त्र मासेर राजतन्त्र फर्काउने उद्घोषसहित मैदान उत्रिएका उनले व्यवस्था परिवर्तन नभएसम्म आन्दोलन जारी रहने बताएका छन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट