प्रसाशनले नजर बन्दमा राखेका दुर्गा प्रसाई प्रहरीलाई चक्मा दिदैं बाहिरीए
भक्तपुर, मेडिकल व्यवसायी अभियन्ता दुर्गा प्रसाईँको भक्तपुर स्थित निवासमा नेपाल प्रहरीको स्पेसल टास्क फोर्स परिचालन गरिएको छ ।
आन्दोलन जारी राख्ने भन्दै आक्रामक अभिव्यक्ति दिए पनि उनलाई प्रहरीले निगरानीमा राखेको हो । आज तीनकुनेमा सो अभियानले प्रदर्शन गर्ने तयारी गरे पनि काठमाडौँ प्रशासनले रोक लगाएको थियो ।
आफैनै निवासमा पत्रकार सम्मेलन गर्दै नजरबन्दमा परेका गणतन्त्रविरोधी अभियन्ता दुर्गा प्रसाईँले आफूलाई जहाँ लगेर थुने पनि सामना गर्ने बताएका थिए । सो पत्रकार सम्मेलन लगतै उनका समर्थकले प्रसाई निवास आगाडि तथा तिनकुनेमा प्रदर्शन समेत गरेका थिए, सोहि समयमा प्रसाई भने प्रसासनलाई चक्मा दिदैं बाहिरेको उनि निकट स्रोतले जानकारी गराएको छ । प्रसाईको सचिवालयमा सम्पर्क गर्दा समेत उनि निवासमा नभएको जानकारी पात्र भएको छ ।
यसै बिच पत्रकारले समेत प्रसाईको फोनमा सम्पर्क गर्दा आफु बिहिरीसकेको र प्रदर्शनको तयारी गर्दै गरेको जानकारी गराए ।
