राज्यले जहाँ लगेर थुनेपनि आफ्नो नागरिकका लागि अभियान रोकिदैँन : दुर्गा प्रसाईँ
प्रमुख खबर
काठमडौँ / राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईँले प्रहरीले आफुलाई निवासमा नजरबन्दमा राखेको बताउनुभएको छ ।
शुक्रबार भक्तपुरस्थीत निवासमा पत्रकार सम्मेलन गर्दै प्रसाईँले प्रदर्शनका लागि आफुलाई प्रहरीले बाहिर जान नदिएको र घरमा नै नजरबन्दमा राखेको बताउनुभएको हो । प्रहरी लगाएर राज्यले आफुलाई जहा लगेर थुनेपनि आफ्नो नागरिकका लागि आफ्नो अभियान नरोकिने उहाँले बताउनुभयो । उहाँले आफ्नो अभियानलाई सफल बनाउन आह्वान समेत गर्नुभयो ।
गणतन्त्रविरोधी अभियानलाई तीव्रता दिएपछि प्रशासनले प्रसाईँको निवास बाहिर ठूलो संख्यामा सुरक्षाकर्मी तैनाथ गरेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
