बर्दियामा आगलागी हुँदा निसासिएर ४ जनाको मृत्यु

प्रमुख खबर

बर्दिया– बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरस्थित एक घरमा आगो लाग्दा ४ जनाको ज्यान गएको छ । आगलागीमा परी एक जना घाइते भएका छन् । मृत्यु हुनेमा १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानशी बुढा र ३२ वर्षकी राधा बुढा रहेको जिल्ला प्रहरी कार्यालय बर्दियाले जनाएको छ ।
आगोमा जलेर घाइते भएकी २८ वर्षीया करिष्मा चन्दको भने स्थानीय अस्पतालमा उपचार भइरहेको जनाइएको छ ।
के कारणले आगलागी भएको भन्नेबारेमा अहिलेसम्म केही खुलेको छैन । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट