`

ताप्लेजुङमा नेकपा एमालेका नेता भट्टराई सवार गाडी तोडफोड

Nepal One HD १० मंसिर २०८० १८:१६
प्रमुख खबर

काठमाडौँ । नेकपा एमालेका नेता योगेशकुमार भट्टराई चढेको गाडी तोडफोड भएको छ । आइतबार ताप्लेजुङबाट काठमाडौँ फर्कने क्रममा सदरमुकाम फुङलिङको बसपार्क नजिकै प्रतिनिधिसभाका सांसद समेत रहेका गाडीमाथि ढुंगामुढा भएको हो । गाडीमाथि ढुंगामुढा हुँदा प्रदेश–२–०१–००१ च ००४० नम्बरको गाडी कुच्चिएको छ ।

सांसद भट्टराईलाई कडा सुरक्षासहित स्कर्टिङ गरेर गन्तव्यतर्फ पठाइएको जनाइएको छ । ढुंगामुढा प्रहार गर्नेहरू पहिचानवादी भएकाले पक्राउ पर्ने जनाइएको छ ।


प्रतिक्रिया