`

पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका नेताहरुबिचको भेटवार्तामा के भयो ?

Nepal One HD १० मंसिर २०८० २१:०२
प्रमुख खबर

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाह र राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनसहितका नेताहरुबिच भेटवार्ता भएको छ । आइतबार उनीहरुबीच धुलाबारीस्थित मेची क्राउन प्लाजामा भेटवार्ता भएको हो । शनिबार झापामा आयोजित कार्यक्रममा सहभागी हुन पुगेका पूर्वराजालाई राप्रपाका नेताहरुले भेटेका हुन् ।

भेटमा उनीहरुले वर्तमान व्यवस्थाप्रति वितृष्णा बढेको बताउदै सबै राजावादी समूह एकजुट हुने बेला आएको बताएका थिए । भेटमा उनीहरुले राप्रपा सशक्त ढंगले अघि बढ्नुपर्ने बताएका थिए तर पूर्वराजा भने कुनै प्रतिक्रिया नदिइकन बसे ।


प्रतिक्रिया