`

सर्लाहीमा दुई नवजात शिशुको शव फेला

Nepal One HD ११ मंसिर २०८० ११:४७
प्रमुख खबर

काठमाडौं । सर्लाहीमा फोहोरको थुप्रोमा दुई शिशुको शव फेला परेको छ ।

सदरमुकाम मलंगवा नगरपालिका ९ स्थित फोहोरको थुप्रोमा दुईजना शिशुको शव फेला परेको हो । अन्दाजी ७ महिना जतिका ती जुम्ल्याहा शिशु गर्भपतन गरे फालिएको हुनसक्ने आशंका प्रहरीले जनाएको छ।

बाटो हिँड्नेले फोहोरमा शव देखेपछि प्रहरीलाई खबर गरेको थियो । थप अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।


प्रतिक्रिया