`

सभापति देउवाद्वारा केन्द्रीय लेखा समितिमा चार सदस्य मनोनित

Nepal One HD ११ मंसिर २०८० १४:१७
राजनीति

काठमाडौं। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको केन्द्रीय लेखा समितिमा सदस्यहरु मनोनित गरेका छन् ।

आज (सोमबार) सभापति देउवाले केन्द्रीय लेखा समिति सदस्यमा चार सदस्य मनोनित गरेका हुन् । देउवाले दिलिप ढुंगाना (धनुषा), डा.डेविड बस्याल (अर्घाखाँची), रमेश नेपाल (मकवानपुर) र अनन्त कार्की (सिन्धुली) लाई केन्द्रीय लेखा समिति सदस्यमा मनोनित गरेका हुन् ।

केन्द्रीय लेखा समितिका संयोजकमा नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिका सदस्य श्यामकुमार घिमिरे रहेका छन् ।


प्रतिक्रिया