`

उर्लाबारी आगलागी घटनाका घाइते थप एकजनाको मृत्यु

Nepal One HD १२ मंसिर २०८० ११:२१
प्रमुख खबर

मोरङ– मोरङको उर्लाबारी आगलागी घटनामा घाइते भई उपचार गराइरहेका थप एक जनाको मृत्यु भएको छ । उर्लाबारी ७ का ४३ वर्षीय रामनरेश मरिताको उपचारका क्रममा गएराती मृत्यु भएको हो । मरितासंगै उर्लाबारी आगलागी घटनामा ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।

कात्तिक २६ गते लक्ष्मपूजाको राती भएको आगलागीमा परी चार प्रहरीसहित २८ जना घाइते भएका थिए । उनीहरुमध्ये गम्भिर घाइतेको काठमाडौं कीर्तिपुरको बर्न अस्पतालमा उपचार भइरहेकोमध्ये अहिलेसम्म ५ जनाको मृत्यु भएको हो । यसअघि उर्लाबारीकै रुकुमबहादुर कार्की, कुमार तामाङ, हेमकुमार दाहाल र तपन पण्डितको मृत्यु भएको थियो ।


प्रतिक्रिया