इजरायल र हमासबीचको युद्ध विराम दुई दिन थप
काठमाडौ– इजरायल र हमासबीच लागु गरिएको पहिलो चरणको युद्ध विराम सहिएपछि दुइृ दिन थप गरिएको छ ।
गत शुक्रवारदेखि लागू भएको चार दिने युद्ध विराम सोमबार सकिएको थियो । त्यस बिचमै युद्ध विरामको अवधि थप दुई दिन लम्बिएपछि हमासले बन्दी बनाएको नेपाली विद्यार्थी विपिन जोशी रिहा हुनेमा आशा पलाएको छ ।
यसअघि हमासले आफ्नाृे कब्जामा रहेका बन्दीहरुलाई दुई चरणमा गरी ५८ जनालाइृ मुक्त गरिसकेको छ । त्यसमा नेपाली विद्यार्थी जोशी परेका थिएनन् । थप गरिएको दुई दिनमा जोशी रिहा हुने अपेक्षा गरिएको छ । विपिनको परिवारले यस अघि नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई ज्ञापन पत्र बुझाउँदै रिहाइको अपिल गरेका थिए । उनीहरूले परराष्ट्रमन्त्री एनपी साउँदलाई भेटेरै रिहाइको पहल गर्न आग्रह गरेका थिए । सरकारले पनि जोशीको रिहाइमा सहयोग गर्न कतार सरकारसंग आग्रह गरेको छ । कतारमार्फत हमाससंग जोशीको रिहाइको लागि कुटनीतिक पहल अघि बढाएको छ ।
भदौ २६ गते सुदूरपश्चिम विश्वविद्यालयबाट बीएसस्सी एग्रिकल्चर अध्ययन गरेर इजरायलमा ‘लर्न एन्ड अर्न’ अन्तर्गत ११ महिनाका लागि इन्टर्न गर्न गएका जोशी असोज २० मा प्यालेस्टाइनी विद्रोही हमास समूहको आक्रमणमा परेका थिए । उनीसंगै रहेका १० जना विद्यार्थीको मृत्यु भएपनि उनी भने हमासको कब्जामा छन् ।
