लुम्बिनीमा स्कुलबसको ठक्करबाट दुई जनाको मृत्यु

समाचार

बुटवल । रुपन्देहीको लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा स्कुलबसको ठक्करबाट दुई जनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
शनिबार बिहान लुम्विनी कर्कहवा सडकखण्डमालु १ क १७७८ नम्वरको सिद्धार्थ बोर्डिङ स्कुल सुर्यपुराको बसले लु १ प ८४८२ नम्बरको मोटरसाइकललाई ठक्ककर दिँदा दुई जनाको मृत्यु भएको हो ।
बसको ठक्करबाट मोटरसाइकलमा सवार दुबै जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा लुम्विनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ का २१ वर्षीय मोहम्मद ईरसाद र १६ वर्षिय रुविना खातुन छन् । घटनापछि बस चालक फरार रहेका र उनको खोजीकार्य भैरहेको प्रहरीले बताएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट