त्रिभुवन विमानस्थलमा यात्रुको ह्यान्डब्यागमा जब आगो लाग्यो…(भिडियोसहित)
प्रमुख खबर
काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलभित्र यात्रुको ह्यान्डब्यागमा आगो लागेको छ । आइतबार चिनियाँ यात्रुको ह्यान्डब्यागमा आगो लागेको हो । उनी बिहान साढे ११ बजेको उडानमार्फत चीन जान लागेका थिए । उडानका निम्ति यात्रुकक्षमा पुगेका उनले पावरब्यांक चार्जमा राखेका थिए ।
उक्त पावरब्यांक पड्कँदा ह्यान्डब्यागमा आगो लागेको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिएका छन् । ड्युटीमा रहेका प्रहरी र विमानस्थलका कर्मचारीहरुले तत्काल आगो नियन्त्रणमा लिएका थिए । अन्य भौतिक क्षति नभएको उनले बताए ।
Video: Ashbinkumar Pudasaini
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
