`

टिकटक प्रतिबन्धविरुद्धको रिट हेर्न नभ्याइने सूचीमा

Nepal One HD १९ मंसिर २०८० १३:५६
प्रमुख खबर

काठमाडौ । सर्वोच्च अदालतले टिकटक प्रतिबन्धविरुद्धको रिट ‘हेर्न नभ्याइने’ सूचीमा राखेको छ । आज सर्वोच्चका न्यायाधीशद्वय सुष्मालता माथेमा र विनोद शर्माको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी तोकिएको भएपनि न्यायाधीशद्वय माथेमा र शर्माको इजलासले उक्त रिट ‘हेर्न नभ्याइने’ सूचीमा राखेको हो । यसअघि अदालतले टिकटक प्रतिबन्धविरुद्धको रिट निवेदनमाथि सुनुवाइ गर्दै कारण देखाऊ आदेश जारी गरी आजका लागि पूर्ण सुनुवाइको मिति तय गरेको थियो ।

टिकटक प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा १४ रिट निवेदन परेका थिए । उक्त रिटमाथि प्रारम्भिक सुनुवाई गर्दै मङ्सिर ७ गते न्यायाधीश विनोद शर्माको एकल इजलासल सरकारका नाममा कारण देखाऊ आदेश जारी गरेको थियो ।

गएको कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको थियो ।


प्रतिक्रिया