पशुपतिनाथ मन्दिर आसपास क्षेत्रमा मासु, मदिरा बिक्रीमा रोक

प्रमुख खबर

काठमाडौं । पशुपतिनाथ मन्दिर परिसर र आसपासका क्षेत्रमा आजदेखि एक सातासम्म मासु, मदिरा तथा नशालु पदार्थहरू उत्पादन, बिक्री, ओसारपसार, भण्डारण र सेवन गर्न नपाइने भएको छ ।
बालाचतुर्दशी पर्वलाई मध्यनजर गर्दै यी क्षेत्रमा मंसिर २७ गतेसम्म यो नियम लागु हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जनाएको छ । कोही कसैले यो सूचनाको बर्खिलाप हुने गरी कुनै काम गरेमा प्रचलित कानुन बमोजिम कारबाही हुने जिल्ला प्रशासन कार्यालय काठमाडौंले चेतावनी दिएको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट