`

राष्ट्रिय सभा निर्वाचनका लागि दल दर्ता आह्वान

Nepal One HD २२ मंसिर २०८० १०:२७
निर्वाचन विषेश

काठमाडौ । निर्वाचन आयोगले राष्ट्रिय सभा निर्वाचन प्रयोजनका लागि दल दर्ता आह्वान गरेको छ । आयोगले आज सूचना निकालेर राष्ट्रिय सभाको निर्वाचनमा सहभागी हुने पार्टीले आइतबार निर्वाचन आयोगमा दल दर्ता गर्नुपर्ने बताइएको हो ।
‘आउँदो माघ ११ गते बिहीबार सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि नेपालको संविधानको धारा २७१ बमोजिम राजनीतिक दल दर्ता गर्ने सम्बन्धी सूचना जारी गरिएको हो ।’ आयोगद्वारा जारी सूचनामा उल्लेख छ ।

‘नेपालको संविधानको धारा २६९ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४ बमोजिम निर्वाचन आयोगमा दर्ता कायम रहेका दलहरूलाई माघ ११ गते बिहीबार सम्पन्न हुने राष्ट्रिय सभा सदस्य निर्वाचन प्रयोजनका लागि संविधानको धारा २७१ तथा राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दर्ता हुन संवत् २०८० साल मंसिर २४ गतेदेखि २९ गतेसम्म कार्यालय समयभित्र राजनीतिक दल सम्बन्धी नियमावली, २०७४ को अनुसूची– १२ बमोजिमको ढाँचामा निर्वाचन आयोग, कान्तिपथ काठमाडौंमा निवेदन दिन यो सूचना गरिएको छ,’ निर्वाचन आयोगले शुक्रबार जारी गरेको सूचनामा भनिएको छ ।


प्रतिक्रिया