`

ग्राउण्ड ह्याण्डलिङको निर्णयविरुद्ध वायुसेवा निगमका कर्मचारीको आन्दोलन जारी

Nepal One HD २२ मंसिर २०८० १३:१३
समाचार

काठमाडौँ / खुला प्रतिस्पर्धाका आधारमा ग्राउन्ड ह्यान्डलिङ दिने निर्णयको विरोधमा नेपाल वायुसेवा निगमका कर्मचारीले आन्दोलन जारी राखेका छन् ।

निगमको संयुक्त टे«ड युनियन संघर्ष समितिले नागरिक उड्ययन प्राधिकरणद्वारा निगमको ग्राउन्ड ह्यान्डलिङ खोस्ने निर्णय भएको भन्दै आन्दोलन जारी राखेका हुन् ।

उनीहरुले ग्राउण्ड ह्यान्डलिङ जोगाउन व्यवस्थापन ट्रेड युनियन एक होऔं, ग्राउण्ड ह्यान्डलिङ खोस्ने हवाई माफिया होसियार भन्दै निगम कार्यालयमा धर्ना दिएका छन् । वार्षिक चार अर्ब रुपैयाँ आम्दानी हुँदै आएको ग्राउन्ड ह्यान्डलिङ सेवा निगमले पाउनुपर्ने उनीहरुको भनाइ छ ।


प्रतिक्रिया