नागढुंगाबाट २ किलो सुनसहित ३ जना पक्राउ

प्रशासन

काठमाडौं । नागढुंगाबाट दुई किलो सुनसहित तीनजना पक्राउ परेका छन् ।
रसुवाबाट काठमाडौं आउँदै गरेको ०१–०२८ च२६९६ नम्बरको स्कार्पियो गाडीबाट प्रहरीले दुई किलो सुनसहित उनीहरुलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेहरूमा रसुवाका २१ वर्षीय सुनिल भुजेल, २८ वर्षीय ग्याल्छिङ तामाङ र २६ वर्षीय विरु तामाङ रहेका छन् ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट