`

कांग्रेसका गगन–शेखर समूहको भेला जारी

Nepal One HD २७ मंसिर २०८० १५:००
राजनीति

काठमाडौ । नेपाली कांग्रेसको संस्थापन इतर समूह शेखर कोइराला–गगन थापा पक्षका नेताहरुको भेला बसिरहेको छ । काठमाडौंको बत्तिसपुतलीस्थित अनुपम फुडल्याण्डमा भेला गरिएको हो । भेलामा आसन्न महासमिति बैठक, राष्ट्रिय सभा निर्वाचन, सरकारको प्रभावकारिता, सुशासनलगायतका विषयमा छलफल भइरहेको एक नेताले जानकार िदिए ।

छलफलमा थापा–कोइराला समूहमा रहेका पदाधिकारी, केन्द्रीय सदस्य, सांसद, प्रदेश सभापति, महाधिवेशनमा प्रतिस्पर्धा गरेका उम्मेदवार लगायतकाको सहभागिता छ । यसअघि मंगलबार बस्ने भनिएको भेला नेताहरुबीच कुरा नमिलेपछि बुधबारका लागि सारिएको हो ।


प्रतिक्रिया