कानून कार्यान्वयनमा इमान्दार प्रयन्त नहुदा जनतामा निराशा छायो:अध्यक्ष तिमिल्सिना
काठमाडौँ / राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले कानून कार्यान्वयनमा इमान्दार प्रयन्त नहुदा जनतामा निराशा छाएको बताउनुभएको छ ।
राष्ट्रियसभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिले बुधबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा तिमिल्सिनाले जिम्मेवार बहन गर्नेहरुले कानून कार्यान्वयनमा इमान्दार प्रयन्त नहुदा जनतामा निराशा छाएको बताउनुभएको हो ।
चूनावमा दलहरुले घोषणापत्रमा उल्लेख गरेका कुराहरुलाई कार्यान्वयन नगर्दा पनि समस्या देखिएको उहाँले बताउनुभयो । हिजोको त्यागका अनुसार जनताले नेताहरुलाई विश्वास नगर्ने भन्दै उहाँले वर्तमानमा नजितामूखी काम गर्नुपर्ने जिकिर गर्नुभयो । उहाँले अधिकार केन्द्रीत गर्ने भावना देखिएको भन्दै यसले सन्तुलित बिकास हुन नसक्ने बताउनुभयो ।
तिमिल्सिनाले स्थानीय र प्रदेशको बजेटको नियन्त्रण संघबाट हुदा पनि अहिले समस्या देखिएको धारणा राख्नुभयो ।
