मानव अधिकार समिति र शिक्षा, स्वास्थ्य समितिको बैठक बस्दै
प्रमुख खबर
काठमाडौं । आइतबार दुई संसदीय समितिको बैठक बस्दैछ । आज संघीय संसद्अन्तर्गत कानुन, न्याय तथा मानव अधिकार समिति र शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्न लागेको हो । कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक आज बिहान ११ बजे बस्नेछ ।
बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको बिषयमा छलफल हुने जनाइएको छ । यस्तै शिक्षा, स्वास्थ्य समितिको बैठक दिउँसो १ बजे बस्नेछ ।
बैठकमा विद्यालय शिक्षासम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका बिषयमा छलफल हुनेछ । बैठक समितिको सभाकक्ष संघीय संसद् सचिवालय सिंहदरबारमा बस्नेछ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
