`

काँडाघारीबाट नक्कली नोटसहित एक महिला पक्राउ

Nepal One HD १३ पुष २०८० १२:४४
अपराध

काठमाडौं । प्रहरीले काठमाडौंको काँडाघारीबाट नक्कली नोटसहित एक महिलालाई पक्राउ गरेको छ । प्रहरीले गोकर्णेश्वर नगरपालिका–४ गोकर्ण हनुमान चोकबाट १ हजारको २४ थान नक्कली नोटसहित रामेछाप दिमपोखरीकी ४० वर्षीया सरिता तामाङलाई पक्राउ गरेको हो ।

नक्कली नोटको कारोबार भइरहेको भन्ने सूचनाको आधारमा प्रहरी प्रभाग गोकर्णबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।


प्रतिक्रिया