रूसी आक्रमणबाट कम्तीमा ३० युक्रेनीको मृत्यु
रूसले युक्रेनमाथि गरेको भीषण हवाई आक्रमणमा परी कम्तीमा ३० जनाको मृत्यु हुनुका साथै सयौँ घाइते भएका छन् । युक्रेनी अधिकारीहरूका अनुसार ब्यारेज, विद्यालय, प्रसूति गृह, व्यापारिक केन्द्र र आवासीय भवनमा क्षति पुगेको छ ।
सन् २०२२ को फेब्रुअरीको अन्त्यदेखि रूसी सेनामाथि आक्रमण गरिरहेको युक्रेनलाई रूसी क्षेप्यास्त्रले पोल्याण्डको हवाई क्षेत्र पार गरेको थियो र त्यसको अन्तर्राष्ट्रिय निन्दा भएको थियो भने त्यसपछि युक्रेनको सुरक्षाका लागि सैन्य सहयोगको नयाँ प्रतिबद्धता व्यक्त गरिएको थियो ।राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले भन्नुभयो, “आज रूसले हामीसँग आफ्नो शस्त्रागारमा भएका लगभग सबै कुराबाट प्रहार गरेको छ ।”रूसले युक्रेनमा १५८ वटा क्षेप्यास्त्र र ड्रोन प्रहार गरेको र तीमध्ये ११४ वटा ध्वस्त भएको युक्रेनको सेनाले अनुमान गरेको छ ।वायु सेनाका प्रवक्ता युरी इग्नाटले भने, “यो क्षेप्यास्त्र प्रयोगको दृष्टिकोणबाट ‘अहिलेसम्म कै उच्च सङ्ख्या’ भएको र एकै पटक धेरैतिर गरिएका ‘सबैभन्दा ठूलोमध्येको क्षेप्यास्त्र आक्रमण’ हो ।रूसले युक्रेनको हवाई प्रतिरक्षा प्रणालीलाई अधिकांश प्रमुख शहरहरूमा ध्वस्त पार्ने प्रयास गरेको छ पछिल्लो आक्रमणमा शाहेद ड्रोनहरूलाई श्रृङ्खलावद्ध तरिकाले प्रयोग गरिएको छ । युद्धक विमानहरू र रूसी–नियन्त्रित क्षेत्रबाट विभिन्न प्रकारका मिसाइलहरू प्रहार गरिएको छ ।गृहमन्त्री इगोर क्लाइमेन्कोले टेलिग्राममार्फत जारी सन्देशमा भने, “युक्रेनी भूमिमा रूसले बिहान गरेको भीषण आक्रमणमा परी अहिलेसम्म ३० जनाको मृत्यु भएको छ भने १६० भन्दा बढी घाइते भएका छन् ।युक्रेनको खार्किभ शहरबाट ८० किलोमिटर उत्तरमा रहेको बेल्गोरोडमा रहेको एक आवासीय भवनमा भएको आक्रमणमा परी एक जनाको मृत्यु हुनुका साथै चार जना घाइते भएको रूसी अधिकारीहरूले बताएका छन् ।रूसको रक्षा मन्त्रालयका अनुसार बेल्गोरोड क्षेत्रमा १३ वटा क्षेप्यास्त्र प्रहार गरिएको छ भने सीमाको उत्तरमा रहेको ब्रायन्स्क, कुस्र्क र ओरिओल क्षेत्रमा र मस्को क्षेत्रमा ३२ वटा ड्रोन खसालेका छन् । रूसी सेनाले गत साता युक्रेनको सैन्य शिविरमा ५० वटा सामूहिक आक्रमण र एउटा ठूलो आक्रमण गरेको जनाएको छ ।
