`

शुभश्री अग्नि सिमेन्टको विद्युत् लाइन काटियो

Nepal One HD १४ पुष २०८० १७:३१
समाचार

अर्घाखाँची । नेपाल विद्युत प्राधिकरण अर्घाखाँची वितरण केन्द्रले अर्घाखाँची शितगङ्गा नगरपालिकमा रहेको शुभश्री अग्नि सिमेन्ट उद्योगको विद्युत् लाइन काटेको छ ।

शितगङ्गा नगरपालिका–८ जलुकेमा अवस्थित सो उद्योगले विद्युत् महसुल र जरिवाना वापतको ४७ करोड रुपैयाँ वक्यौता नतिरेपछि गत रातिदेखि लाइन काटिएको विद्युत प्राधिकरण अर्घाखाँची शाखाका प्रमुख त्रिलोचन भट्टराईले जानकारी दिए । डेडिकेटेड लाइनमार्फत विद्युत् उपयोग गरे वापतको रकम नतिरेपछि लाइन काटिएको शाखाले जनाएको छ ।


प्रतिक्रिया