`

रुसी सेनामा कार्यरत थप एक नेपालीको मृत्यु

Nepal One HD १७ पुष २०८० १५:०४
प्रमुख खबर

काठमाडौं । रुसी सेनामा भर्ना भएका थप एक नेपाली युवाको मृत्यु भएको छ । रुसी सेनामा भर्ना भएका स्याङ्जा वालिङका २३ वर्षीय हरि अर्याल मारिएका हुन् । वालिङ नगरपालिका वडा नम्बर १४ का वडाध्यक्ष राजु कुँवरले अर्याल मारिएको खबर आएको जानकारी दिए । उनी गत कात्तिक ३ गते मात्रै रूस गएको वडाध्यक्ष कुँवरले बताए । उनी पूर्वसैनिकसमेत रहेको बताइएको छ ।


प्रतिक्रिया