`

सर्वोच्चको मुख्य रजिस्ट्रारमा ढकाल र रजिस्ट्रारमा पौडेलको सिफारिस

Nepal One HD १८ पुष २०८० ११:२९
प्रमुख खबर

काठमाडौं । सर्वोच्च अदालतको मुख्य रजिस्ट्रारमा देवेन्द्रराज ढकालको सिफारिस भएको छ । बुधबार बसेको न्याय सेवा आयोगको बैठकले मुख्य रजिस्ट्रारमा ढकाललाई बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको हो ।

उनी हाल न्याय परिषदका सचिव छन् । यसअघिका मुख्य रजिस्ट्रार लालबहादुर कुँवर उच्च अदालतको न्यायाधीशमा नियुक्त भएकाले यो पद रिक्त थियो । त्यस्तै रजिस्ट्रारमा हाल सर्वोच्च अदालतकै सहरजिस्ट्रार रहेका विमल पौडेललाई बढुवाका लागि सिफारिस गर्ने आयोगले निर्णय गरेको छ ।


प्रतिक्रिया