`

अदालतबाट हत्कडीसहित फरार भएका थुनुवा पक्राउ

Nepal One HD १९ पुष २०८० १०:४१
अपराध

काठमाडौं । जिल्ला अदालत काठमाडौँबाट बुधबार हत्कडीसहित फरार भएका थुनुवालाई प्रहरीले पक्राउ गरेको छ । म्याद थपका लागि बुधबार अदालत लगेका बेला सिन्धुपाल्चोकका कमल खड्का हत्कडीसहित फरार भएका थिए ।

उनलाई बिहीबार बिहान काठमाडौँको जडीबुटीबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर, काठमाडौँका प्रवक्ता एसपी कुमोद ढुंगेलले जानकारी दिए । डलर देखाएर लुटपाट गरेको आरोपमा प्रहरी वृत्त, स्वयम्भुले खड्कालाई पक्राउ गरेको थियो ।


प्रतिक्रिया