बिपी प्रतिष्ठानको साख जोगाउन स्वास्थ्यमन्त्रीको अनुरोध
राजनीति
धरान, १९ पुस ः स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री मोहनबहादुर बस्नेतले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको साख जोगाउन सबै लाग्नु आवश्यक भएको बताउनुभएको छ ।
नेपाली कांग्रेस धरानले आज यहाँ आयोजना गरेको कार्यक्रममा मन्त्री बस्नेतले चिकित्सा शिक्षा ऐनका केही कमीकमजोरीका कारण चिकित्सा शिक्षामा समस्या उत्पन्न भएको बताउनुभयो ।ऐनमा आवश्यक व्यवस्था नहुँदा चिकित्सा शास्त्र पढ्न विद्यार्थी बाहिरिनेक्रम बढेकाले सुधार गर्न आवश्यक भएको बताउनुभयो ।नेपाली कांग्रेसका नगर सभापति श्याम पोखरेल, सुनसरी क्षेत्र नं.१का सभापति सुजेन्द्र तामाङले बिपी प्रतिष्ठानको विद्यार्थी कोटा कतौती भएको भन्दै ध्यानाकर्षणपत्र प्रस्तुत गर्नुभएको थियो ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
