`

मेलम्ची खानेपानी माथिको चलखेल बन्द गर्न माग गर्दै खाली गाग्रीसहित स्थानीयको प्रर्दशन (भिडियोसहित)

Nepal One HD २० पुष २०८० १३:२९
प्रमुख खबर

ललितपुर / मेलम्चीको पानी वितरण गर्नुपर्ने भन्दै ललितपुरबासीले खाली गाग्रीसहित ललितपुरमा प्रदर्शन गरेका छन् ।

मेलम्चीको पानी तुरुन्त खोल भन्दै काठमाडौं उपत्यका मेलम्ची खानेपानी संघर्ष समिति, ललितपुरले शुक्रबार मंगलबजारदेखि लगनखेलसम्म प्रदर्शन गरेका हुन् ।

उनीहरुले मेलम्ची खानेपानी माथिको चलखेल बन्द गरि निरन्तर पानी आउने अवस्था बनाउन माग गरेका छन् । प्रदर्शनमा सहभागीहरुले पानीमा भ्रष्टाचार बन्द गर, भ्रष्टाचारी सरकार राजीनामा दे, तुरुन्तै मेलम्चीको पानी खोली दे लगाएतका नारा लगाउदै खाली गाग्री र भाँडो प्रदर्शन गरेका थिए ।

मेलम्चीको पानी आउन नसक्दा खानेपानीमा समस्या भएकाले तत्काल जनताको माग सरकारले सुनुवाई गर्नुपर्ने उनीहरुको भनाइ छ ।


प्रतिक्रिया