एक करोड भन्दाबढी अकुत सम्पत्ति कमाएको आरोपमा वन अधिकृतविरुद्ध मुद्दा दायर

अपराध

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक करोड २५ लाख रुपैयाँ बराबरको अकुत सम्पत्ति कमाएको आरोपमा एकजना वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
डिभिजन वन कार्यालय मकवानपुरका डिभिजनल वन अधिकृत (अधिकृत दशौं तह) दीर्घ नारायण कोइरालाविरुद्ध अख्तियारले सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।उनले १ करोड २५ लाख ९६ हजार ३५३ रुपैयाँ अकुत सम्पत्ति कमाएको भन्दै सोही बराबरीको बिगो कायम गर्दै मुद्दा दायर गरिएको छ । कोइरालाले सार्वजनिक सेवामा स्थायी नियुक्ति लिएको मिति २०४६ जेठ २२ गतेदेखि २०७८ फागुन १२ गतेसम्को उनको आमदानी तथा खर्च लगानीको विश्लेषण गर्दा एक करोड २५ लाख रुपैयाँ भन्दा बढी अकुत सम्पत्ति देखिएको अख्तियारको दाबी छ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट