गौशाला २६ को तस्बिर सार्वजनिक गर्ने पार्टी सदस्यलाई रास्वपाले गर्यो निलम्बन
प्रमुख खबर
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले गौशाला २६ को पहिचान खुलाउने पार्टी सदस्यलाई कारबाही गरेको छ । सन्दीप लामिछानेबाट पीडित गौशाला २६ को तस्बिर सार्वजनिक गरेको भन्दै रास्वपाले चितवनका दिवश सापकोटालाई निलम्बन गरेको हो ।
सापकोटा रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिको सदस्य रहेको रास्वपाको भनाइ छ । रास्वपाले भनेको छ, ‘सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको भन्दै रास्वपाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको जानकारी गराउँदछौं ।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
