`

मधेष प्रदेश सरकारबाट बाहिरियो जनमत

Nepal One HD ९ माघ २०८० १७:३७
प्रमुख खबर

धनुषा । सीके राउत नेतृत्वको जनमत पार्टी मधेश प्रदेश सरकारबाट बाहिरिएको छ ।

आज बसेको जनमत पार्टी मधेश प्रदेश संसदीय दलको बैठकले सरकारबाट बाहिरिने र सरकालाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको थियो । निर्णय लगत्तै जनमतबाट सरकारमा सहभागी शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादव र श्रम तथा यातायातमन्त्री चन्दन सिंहले राजीनामा दिएका हुन् । राष्ट्रियसभा सदस्य निर्वाचनमा जनमतलाई कुनै पनि सिट नदिएपछि यो पार्टी सरकार र गठबन्धनप्रति नै रुष्ट बन्दै आएको छ ।


प्रतिक्रिया