व्यवस्थाका केही ‘हाइज्याकर’हरुलाई चुनावबाट हराउन आँट गरे मात्र पुग्छः सभापति लामिछाने
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राष्ट्रियसभा सदस्य निर्वाचनमा ‘हाइज्याकर’लाई हराउन आह्वान गरेका छन् । मतदान भइरहेका बेला बिहीबार सभापति लामिछानेले सामाजिक संजालमार्फत भनेका छन्, ‘व्यवस्थाका केही हाइज्याकरहरूलाई चुनावबाट हराउन आँट गरे मात्र पुग्छ । नागरिकका अधिकार बीचमा बसेर लुट्ने र हाइज्याकरको रक्षाका लागि दिनरात खट्ने ८/१० थान मतियार (न्यारेटिभ सेटर)हरूले लामो छुट्टी लिए सामाजिक सञ्जाल पनि अझ इन्ट्रेस्टिङ बन्थ्यो ।’
उनले देश बनाउने सूत्रका रूपमा निर्वाचन हराउनेसहितका विकल्प सार्वजनिक गरेका हुन् । उनले भनेका छन्, ‘राज्यका निकायहरूलाई स्वतन्त्रतापूर्वक काम गर्न दिने ‘सर्वदलीय सहमति’ गरेको दिनदेखि देश बन्न सुरु हुन्छ । संविधानले परिकल्पना गरेको समाजका लागि, आवश्यक कानुन बनाउन सिंगो संसद्ले ‘सर्वदलीय प्रतिबद्धता’ गरेको दिन देश सुमार्गमा हिँड्न सुरु हुन्छ । त्यसपछि मिडिया/सोसल मिडियामा कसैलाई फसाउन वा बचाउन कोही दिनरात नांगो भइरहनु पर्दैन । आफूमाथि प्रश्न उठ्दा आँखा जुधाएर सामना गर्ने हिम्मत आफैँ गरौँ, तलबी सेना अफ बिटमा नचलाऔँ । फेस गरौँ, फेस नलुकाऔँ । स्वाद र सुविधा अनुसार गलत ज्ञान पेलेको पेल्यै,पेलेको पेल्यै,पेलेको पेल्यैपनि नगरौं, देश बन्छ । अन्त्यमा, देश बन्छ तर कहिले बन्छ त भन्दा, हाइज्याकरहरुको अन्त्य चुनावबाट गरेपछि मात्रै बन्छ। चुनाव कहिले ?? ८४ मा।’
राज्यका निकायहरुलाई स्वतन्त्रतापुर्वक काम गर्न दिने “सर्वदलिय सहमति” गरेको दिनदेखि देश बन्न शुरु हुन्छ। संविधानले परिकल्पना गरेको समाजका लागि, आवश्यक कानुन बनाउन सिङ्गो संसदले “सर्वदलीय प्रतिवद्द्ता” गरेको दिन देश सुमार्गमा हिड्न शुरु हुन्छ। त्यसपछी मिडिया/सोसल मिडियामा कसैलाई…
— Rabi Lamichhane (@hamrorabi) January 25, 2024
