मधेश प्रदेशबाट गठबन्धनका उम्मेदवार ढुंगाना र चौधरी विजयी
प्रमुख खबर
जनकपुर । राष्ट्रियसभा सदस्य निर्वाचनमा मधेश प्रदेशबाट सत्ता गठबन्धनका आनन्दप्रसाद ढुंगाना र पूजा चौधरी निर्वाचित भएका छन् । अन्य कोटातर्फबाट ढुंगानाले प्रदेशसभा सदस्यहरुको ६७ र स्थानीय तहका पदाधिकारीहरुको २०१ मत पाएका थिए ।
महिला कोटातर्फ चौधरीले प्रदेशसभाको ७६ र स्थानीय तहका पदाधिकारीहरुको २०५ मत पाएर निर्वाचित भएकी हुन् । मतदानमा १०७ प्रदेश सांसदमध्ये १०६ सांसद र १३६ पालिकाका २६७ प्रमुख÷उपप्रमुखले मतदान गरेका थिए ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
