कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा कांग्रेसका कृष्ण सिटौला निर्वाचित
प्रमुख खबर
विराटनगर । कोशी प्रदेशबाट राष्ट्रियसभा सदस्यमा नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौला निर्वाचित भएका छन् । राप्रपाका उमेदवार उद्धव पौडेललाई पराजित गर्दै सिटौला निर्वाचित भएका हुन् ।
सत्ता गठबन्धनका प्रदेशसभाका सदस्यहरूले भने सिटौलालाई फ्लोर क्रस गरेका थिए । सत्ता गठबन्धनको ४७ सांसदमध्ये कांग्रेसका सिटौलालाई ४५ सांसदले मात्र मत दिएका थिए । तर, स्थानीय तहका प्रमुख र उपप्रमुखमा सिटौलाले अग्रता बनाएपछि उनी निर्वाचित भएका हुन् ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
