`

सेनाको यान्त्रिक सेवा महानिर्देशनालय निरीक्षणमा रक्षामन्त्री

Nepal One HD १२ माघ २०८० २०:१८
समाचार

काठमाडौँ, १२ माघ :उपप्रधानमन्त्री तथा रक्षामन्त्री पूर्णबहादुर खड्काले सुन्दरीजलस्थित सैनिक सामग्री उत्पादन तथा यान्त्रिक सेवा महानिर्देशनालयको निरीक्षण गर्नुभएको छ । त्यस अवसरमा उहाँले नेपाली सेनाको क्षमता अभिवृद्धिमा महानिर्देशनालयले महत्त्वपूर्ण भूमिका निर्वाह गरेको बताउनुभयो ।

नेपाली सेना बहुव्यवसाय उद्योग–जुत्ता कारखाना, सुन्दरीजल आर्सनल कार्यालय र सुन्दरीजल मिनरल वाटर प्लान्ट निरीक्षणका क्रममा उहाँले यस क्षेत्रमा कार्यरत सैनिक तथा गैरसैनिक सकल दर्जाको योगदानको प्रशंसा गर्दै प्रभावकारी ढङ्गबाट कार्यसम्पादनका लागि नेपाली सेना र कर्मचारीलाई हौसला दिनुभयो ।

उपप्रधानमन्त्रीका साथ प्रधानसेनापति प्रभुराम शर्मा, रक्षासचिव किरणराज शर्मालगायत सहभागी हुनुहुन्थ्यो ।


प्रतिक्रिया