मार्शलको रिहाइका लागि प्रचण्डसँग बाबुरामको माग
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पार्टीका केन्द्रीय सदस्य जीतबहादुर पुन(मार्शल)लाई तत्काल रिहा गर्न माग गरेका छन् । मार्शललाई डिल्लीबजार कारागार पुगेर भेटेपछि शनिबार सामाजिक संजालमार्फत भट्टराईले प्रधानमन्त्री प्रचण्डलाई भेटेर मार्शलको रिहाईका लागि आग्रह गरेको बताएका हुन् ।
उनले भनेका छन्, ‘पूर्व जनमुक्ति सेनाका ब्रिगेड कमाण्डर तथा नेसपाका केन्द्रीय सदस्य जीतमान पुन (मार्शल) लाई जनयुद्धकालीन मुद्दामा गिरफ्तार गरी डिल्लीबजार कारागारमा राखिएकोमा उहाँलाई कारागारमै गएर भेटेपछि त्यस लगत्तै प्रधानमन्त्री तथा पूर्व जनमुक्ति सेनाका सर्वोच्च कमाण्डर क. प्रचण्डलाई भेटेर क. मार्शलको तत्काल रिहाइको पहल गर्न आग्रह गरेको छु । यो केस ‘बुढी (बुढो) मरी (मर्यो) हैन काल पल्क्यो’ भनेर बुझ्नु भन्ने जनोक्ति जस्तो हुनसक्छ है! सबैलाई चेतना भया !’
मार्शललाई २०५२ सालमा लागूऔषध मुद्दामा अदालतले दोषी ठहर गरेपछि पक्राउ गरे डिल्लीबजार कारागार चलान गरेको थियो ।
