`

यू–१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने टोलीको बिदाइ(भिडियो सहित)

Nepal One HD १५ माघ २०८० १३:४४
खेलकुद

काठमाडौँ / बंगलादेशमा हुने यू–१९ महिला साफ च्याम्पियनसिप खेल्न जाने नेपाली टिमको बिदाइ गरिएको छ । सोमबार एन्फा कम्प्लेक्स सातदोवाटोमा एन्फाका अध्यक्ष पंकजविक्रम नेम्बाङ लगाएत पदाधिकारीले नेपाली टोलीको विदाई गरेका हुन् ।

फेब्रुअरी २ देखि ढाकामा सुरु हुने प्रतियोगितामा ४ टिम छन् । राउण्ड रोबिन लिगपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन् । एन्फाका अध्यक्ष नेम्बाङले नेपाली टिमले बंगलादेशमा राम्रो नजिता ल्याउने विश्वास गरेका छन् । प्रशिक्षकले सिकाएका कुरालाई खेलाडीहरुले मैदानमा प्रदर्शनमार्फत देखाउनुपर्ने उनको भनाइ छ ।

नेपालले पहिलो खेल फेब्रुअरी २ मा वंगलादेश, फेब्रुअरी ४ मा भुटान र फेब्रुअरी ६ मा भारतसित खेल्ने तालिका छ ।


प्रतिक्रिया