`

एमालेले गरेको बिकास रोक्न गठबन्धन : अध्यक्ष ओली(भिडियो सहित)

Nepal One HD १७ माघ २०८० १६:१५
प्रमुख खबर

काठमाडौँ / नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले गरेको बिकासका कामलाई रोक्न गठबन्धन बनेको बताएका छन् । बुधबार सिन्धुपाल्चोकको थाङ्पालधाममा पाँचपोखरी थाङ्पाल गाउँपालिकाको प्रशासकीय भवन उद्घाटन गर्दै ओलीले एमाले सरकारले मुलुकको बिकासका धेरै काम गरेकाले त्यसलाई रोक्न गठबन्धन बनेको बताएका हुन् ।

गठबन्धन सरकार बन्ने बित्तिकै विकास सबै योजना काटिएको उनले बताए । ओलीले अहिलेको सरकारले मुलुकको बिकासमा ध्यान दिन नसकेको आरोप समेत लगाए । ओलीले अहिले नेपाल माथि गठबन्धन नामको ग्रहण लागेको बताए । देश बनाउने एउटा एमालेलाई छेक्न अहिले आठ/दशवटा गठबन्धन मिलेर ग्रहणको काम गरिरहेका ओलीको भनाइ छ ।

उनले अब एमाले त्यो ग्रहणबाट बाहिर निस्कने र देश विकासको काममा लाग्ने बताए । ओलीले देशभक्त पार्टी नेकपा एमाले जनताको साथमा रहेको उनले प्रष्ट पारेका छन् ।


प्रतिक्रिया