`

शासन प्रणाली ठिक नलागे राजनीतिमा आएर विकल्प दिन पूर्वराजालाई माधव नेपालको सुझाव

Nepal One HD २० माघ २०८० १३:४४
प्रमुख खबर

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले राजतन्त्रको कुनै औचित्यता नभएको बताएका छन् । शनिबार एकीकृत प्रगतीशील प्राध्यापक संगठनले ललितपुरमा आयोजना गरेको कार्यक्रममा अध्यक्ष नेपालले पूर्वराजालाई शासन व्यवस्थामा चित्त नबुझे चुनावी मैदान उत्रिन सुझाव दिए ।

उनले भने,‘कुनै कोणबाट हेर्दा पनि राजतन्त्रको औचित्यता पुष्टि गर्न सकिँदैन । यदि शासन प्रणाली ठिक तरिकाले चलेको छैन भन्ने लागेको छ भने नेता भएर आए हुन्छ । चुनाव जितेर राम्रो प्रधानमन्त्रीको विकल्प दिए हुन्छ ।’

उनले देशमा निराशाजनक परिस्थिति हावी भएको भन्दै यसलाई चिर्न हरेक नागरिकले इमान्दार भएर आफ्नो जिम्मेवारी पूरा गर्नुपर्ने बताए ।


प्रतिक्रिया