`

न्युयोर्कको सबवे स्टेशनमा गोली चल्दा एकजनाको मृत्यु, ५ घाइते

Nepal One HD १ फागुन २०८० १२:३४
विश्व

न्युयोर्कको ब्रोंक्स कन्ट्री सबवे स्टेशनमा सोमबार साँझ गोली चल्दा एक जनाको मृत्यु भएको छ भने अन्य पाँच जना घाइते भएका छन् । न्युयोर्कको प्रहरी विभाग ट्रान्जिट प्रमुख माइकल एम केम्परले दिएको जानकारी अनुसार अपरान्ह गोली चलेको थियो ।

गोली लागेर घाइते भएका चार जना पुरुष र दुई जना महिलालाई स्थानीय अस्पतालमा उपचार भइरहेको छ भने ३४ वर्षीय पुरुषको सेन्ट बर्नाबास अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ । घटना बारे अनुसन्धान जारी छ ।


प्रतिक्रिया