`

गठबन्धनको छायाँले पार्टी ग्रसित भयोः शेखर कोइराला

Nepal One HD ६ फागुन २०८० १७:२८
राजनीति

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले नेपाली कांग्रेसको महासमिति बैठक नेपाली कांग्रेसकै लागि चुनौतीको रुपमा देखिएको बताएका छन् ।

महासमिति बैठकको पूर्वसन्ध्यामा आइतबार आयोजित चियापान कार्यक्रममा कोइरालाले गतवर्षको महाधिवेशन र महासमिति बैठकभन्दा यसपालिको महासमिति बैठकमा निकै अन्तर भएको बताए ।

उनले अहिले आफूलाई कांग्रेसले आफ्नै मौलिकता त गुमाएको छैन भन्ने लागेको बताए । उनले गठबन्धनको छायाँले पार्टी ग्रसित भएकोमा चिन्ता लागेको बताए ।

उनले भने, ‘गठबन्धनको छायाँले ग्रसित भएका हौं कि भन्ने चिन्ता लागेको छ । बिपी कोइराला, सुशीलजी, गणेशमानजीहरुले स्थापित गर्नुभएको पार्टीको एउटा मौलिकता दिनुभएको थियो । तर अहिले त्यो हराउँदै गएको छ ।’

कोइरालाले महासमिति सदस्यहरूलाई बैठकमा आफ्ना विचार तथा सुझावहरु स्पष्ट तरिकाले राख्न समेत आग्रह गरे । उनले सधैं कम्युनिष्टहरुको पछि लागेर हिँड्ने कि नहिँड्ने भन्ने अहम् प्रश्न रहेको बताए । उनले भने, ‘के हामी सधैं कम्युनिष्टहरूको पछि लागेर हिंड्ने हो ?’


प्रतिक्रिया