एमाले पेशागत विशेष जिल्ला कमिटीको अध्यक्षमा पराजुली
राजनीति
काठमाडौँ / नेकपा (एमाले)को पेशागत विशेष जिल्ला कमिटीको नवौँ अधिवेशनबाट मोहनकुमार पराजुलीको अध्यक्षतामा ५३ सदस्यीय नयाँ नेतृत्व चयन भएका छन् ।
कमिटीको उपाध्यक्षमा सागर शर्मा, सचिवमा जिबी सुनुवार, उपसचिवमा एलडी भुसाल र युवराज लम्साल निर्वाचित भएका छन् । यस कमिटीमा निजामती, शिक्षक, प्राध्यापक, अन्तरसंस्थान, वित्तीय, गैह्रसरकारी, स्थानीय तह, इञ्जिनीयरिङ, सञ्चारलगायत क्षेत्रका प्रतिनिधि छन् ।
उक्त जिल्ला अधिवेशनको यही फागुन ५ गते एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले उद्घाटन गरेका थिए । एमालेको उपत्यका विशेष प्रदेशअन्तर्गत चार विशेष जिल्ला कमिटी रहेको छ ।
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
