`

ललिता निवास क्षेत्रको जग्गा सात दिनभित्र खाली गर्न महानगरपालिकाले निकाल्यो सूचना

Nepal One HD ९ फागुन २०८० ९:१२
प्रमुख खबर

काठमाडौं । काठमाडौं महानगरपालिकाले सरकारी जग्गा व्यक्तिका नाममा दर्ता गरी हडपेको ललिता निवास क्षेत्रको जग्गा ७ दिनभित्र खाली गर्न आग्रह गरेको छ ।वडा नम्बर चारस्थित सो जग्गा भ्रष्टाचार प्रकरणमा विशेष अदालत काठमाडौंले कलाधर देउजासमेत १७५ जनाविरुद्धको मुद्दामा गत बिहीबार फैसला गर्दै जग्गा जफत गर्ने निर्णय सुनाएको थियो ।महानगरपालिकाले अदालतले जफत गरेको सो जग्गा संरक्षणको जिम्मा कानूनबमोजिम स्थानीय तहको हुने भन्दै ७ दिनको अल्टिमेटम दिएर खाली गर्न र सरकारी सम्पत्ति संरक्षणका लागि सहयोग गर्न आग्रह गरेको हो ।महानगरपालिकाले त्यस क्षेत्रमा रहेका व्यक्ति, कम्पनी तथा संघसंस्थाहरूलाई सो क्षेत्रबाट हटेर सरकारी सम्पत्तिको संरक्षण तथा उचित प्रबन्ध गर्न सहयोग गर्न आह्वान गरेको छ ।


प्रतिक्रिया