`

प्रसुतिगृहबाट बच्चा चोरी

Nepal One HD ११ फागुन २०८० १७:२७
समाचार

काठमाडौं । काठमाडौंको थापाथलीस्थित प्रसुतिगृहबाट बच्चा चोरी भएको छ । शुक्रबार दिउँसो बच्चा चोरी भएको भन्दै जिल्ला प्रहरी परिसर काठमाडौंमा उजुरी परेको हो ।

उजुरीपछि घटनाको अनुसन्धान थालेको एसपी नवराज अधिकारीले जानकारी दिए । काभ्रेकी महिलाले २६ दिनको छोरी हराएको भन्दै उजुरी गरेपछि डिएसपीको कमाण्डमा टोली परिचालन गरिएको अधिकारीले बताए ।

अस्पतालमा एक जना महिलाले केहीबेर बोकिदिने भनेर बच्चा लिएको र त्यसपछि उनी फरार भएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया