सरकार सहकारी पीडितको समस्या समाधानमा गम्भीर देखिएनः सांसद भट्टराई
राजनीति
काठमाडौं । नेकपा एमालेकी सांसद विद्या भट्टराईले सरकार सहकारीबाट पीडित नागरिकहरुको समस्या समाधानमा गम्भीर नबनेको आरोप लगाएकी छन् ।
आइतबारको प्रतिनिधि सभा बैठकको शून्य समयमा उनले सरकारले यो विषयलाई गम्भीर रुपमा नलिएको बताइन् । उनले पोखरा महानगरमा ३६७ वटा सहकारी रहेको र त्यसमध्ये १६ वटा सहकारी संस्थाको बचत जोखिममा रहेको बताइन् ।
सहकारी क्षेत्र सुधार सुझाव कार्यदलले सहकारी सञ्चालन प्रक्रियामा विचलन आएको भनी गत भदौ २५ गते नै सरकारलाई सुझाएको उल्लेख गर्दै उनले भनिन्, ‘सूर्य दर्शन सहकारीका मुख्य सञ्चालकहरूलाई फरार सूचीमा राखी सरकार रमिता हेरिरहेको छ। रकम हिनामिना गर्ने व्यक्तिलाई कारबाहीलाई गर्न कसले रोक्यो? म सरकारसँग स्पष्ट जानकारी माग गर्दछु।’
प्रतिक्रिया
फेसबुक प्रतिक्रिया
ताजा अपडेट
धेरै पढिएको
